हीरापुरमा २ महिना पछि बत्ती बले

144 Shares

सलाही, २३ माघ । सर्लाही बरहथवा नगरपालिका वर्डा नं. ११ हीरापुरमा २ महिना पछि बत्ती बलेको छ ।
यसअघि ग्रामीण विद्युतीकरणअन्तर्गत विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाले बक्यौता रकम बुझाउन नसक्दा नेपाल विद्युत् प्राधिकरणले गएको मङ्सिर २७ गतेदेखि सो गाउँमा बत्ती काटेको थियो ।
प्राधिकरणले लाइन काटेपछि सो वडाको हीरापुर, हीरापुर ब्यारेज र खोरकट्टी गाउँका वासिन्दा २ महिनादेखि अन्धकारमा बस्नुपरेको थियो ।
सहकारीको नाममा रहेको १३ लाख २६ हजार ३४ रुपियाँ बक्यौता रकम बरहथवा नगरपालिकाले तिरिदिने भएपछि प्राधिकरणले आइतबार रातिबाट बत्ती छाडेको हो ।

सम्बन्धित समाचार