विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु

130 Shares

काठमाडौं, २३ माघ । सँघिय सरकारले प्राथमिकतामा रहेका जनसरोकार सँग सम्बन्धित विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ ।
सोमवार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिनिधि सभामा रहेका सबै राजनीतिक दलका प्रमुख सचेतकहरुबीच भएको छलफलमा जनसरोकार सँग सम्बन्धित विधेयकहरुलाई संसदमा प्रस्तुत गर्ने सहमति जुटेको हो ।
व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरु सँग भएको छलफलमा विकास, सुशासन, सङ्क्रमणकालीन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकता लगायतका विषयमा तयार भएका विधेयकहरु सदनमा लगिने छ ।

सम्बन्धित समाचार