राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध

   माघ २३, २०७९  
149 Shares

काठमाडौं, २३ माघ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भइन् ।
राष्ट्रिय सभाको दोस्रो बैठक आज बस्दै उहाँलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षको लागि एउटा मात्रै प्रस्ताव परेकाले उहाँ निर्विरोध निर्वाचित भएको छ ।
बैठकमा राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनिन् ।
एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै