बंगलादेशको ढाकामा भइरहेको साफ यू–२० महिला च्याम्पियन

   माघ २३, २०७९  
169 Shares

ढाकां, २३ माघ । बंगलादेशको ढाकामा भइरहेको साफ यू–२० महिला च्याम्पियन सिपमा नेपालले फाइनलमा स्थान बनाउन लिगको अन्तिम खेलमा भारतलाई हराउनुपर्ने भएको छ ।
च्याम्पियनसिप अन्तर्गत आइतबार भएको खेलमा नेपालले भुटानलाई ४–० ले हराएर पहिलो जित निकालेको थियो ।
अहिले सम्म सहभागी चारै टिमले २÷२ खेल खेलेपछि भारत ४ अंकसहित शीर्ष स्थानमा छ । उति नै अंक रहेको घरेलु टोली बंगलादेश दोस्रो स्थानमा छ । समान अंक भए पनि भारत गोलअन्तरमा अघि रहेको हो ।
नेपालले १ जित र १ हारबाट ३ अंकसहित तेस्रो स्थानमा छ । नेपालको पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । लगातार दुई खेलमा पराजित भुटान भने फाइनल होडबाट बाहिरिसकेको छ । अब बाँकी तीन टिममध्ये दुई टिम फाइनल पुग्नेछ । त्यसमा पनि भारत र बंगलादेश दाबेदारको रुपमा छ । बंगलादेशले अन्तिम खेल भुटानसँग खेल्ने भएकोले सहज अवस्थामा छ ।
भारतसँग बराबरी वा हारले पनि नेपाल लिगबाटै बाहिरिनेछ । त्यसैले नेपालले फाइनलमा स्थान बनाउन भारतलाई हराउनैपर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै