हरिवनमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाईते भएका २ जनालाई थप उपचारको लागि एयर लिफ्ट गरेर काठमाडौं पठाइयो

   माघ २३, २०७९  
206 Shares

सर्लाही, २३ माघ । सर्लाहीको हरिवन नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाईते भएको दुई जनालाई सोमवार एयरलिफ्ट गरेर थप उपचारको लागि काठमाडौं लगिएको छ ।
आईतवार राति हरिवन नगरपालिका ९ दनुवारी चोक स्थित भित्र सडकमा गएराति ९.४० बजेको समयमा प्रदेश २–०३–०१५ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा वागमती नगरपालिका ११ कर्मैयाका ४२ बर्षिय सुर्यप्रसद घिमिरे र ३५ बर्षिय राजन श्रेष्ठ गम्भीर घाईते भएको सर्लाही प्रहरीले जनाएको हो ।
दुबै घाईतेहरुलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचार पछि आज विहान ११.३५ बजेको समयमा मनाङ एयरको हेलिकप्टरबाट एयर लिफ्ट गरेर ग्राण्डी अस्पताल काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै