हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियानलाई सफल बनाउन पत्रकार संग अन्तरक्रिया

185 Shares

रौतहट, २३ माघ । हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियानलाई सफल पार्न संचारक्षेत्रको भुमिका उल्लेख्यनिय रहेने भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरेश यादवले बताए ।
नेपाल पत्रकार महासंघको शाखा कार्यालय गौरको सभाकक्षमा सोमवार जिल्ला स्वास्थ्य कार्यालय रौतहटद्धारा पत्रकार अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य कार्यालय प्रमुख यादवले उक्त कुरा बताएको हो ।
हात्तिपाइले रोग विरुद्धका औषधी खाने विषयमा विगतमा उत्पन्न नकारात्मक सन्देशलाई चिर्दै यस अभियानलाई पूर्ण रुपमा सफल बनाउने कार्यमा समाचार, लेख, रचना, भिडियो क्लिपको माध्यमबाट संचार क्षेत्रको भुमिका अति नै महत्वपूर्ण रहने भएको हुँदा तपाईहरु आ आफना स्तरबाट यस अभियानलाई सफल बनाउन आग्रह गरे ।
हिजो नै रौतहटका १८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र पालिका स्वास्थ्य संयोजकहरुलाई राखेर एक दिने अन्तरक्रिया कार्यक्रममा पनि उहाँहरुले पूर्ण रुपमा सफल बनाउने प्रतिबद्धता जनाएको उनले बताए ।
फागुन ११ गते देखि २ साता सम्म जिल्लाको १८ वटै पालिकामा हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान संचालन हुन गइरहेको स्वास्थ्य कार्यालय गौरका सहायक महेश साहले बताए । अन्तरक्रिया कार्यक्रममा डा. दिलिप साहले सहजीकरण गरेका थिए ।

सम्बन्धित समाचार