राष्ट्रिय स्वतन्त्र पार्टीका तिन जना मन्त्रीले दिएको राजीनामा स्वीकृत

200 Shares

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको तिन जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) लाई बुझाएको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रीको दाबी गर्दै आएको थिए, यदी उक्त मन्त्रालय नपाएमा सरकारबाट बाहिरिने भन्दै तिन जना मन्त्रीले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर राजीनामा दिएका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राजीनामा पछि रिक्त ३ मन्त्रालयको जिम्मेवारी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई तोकेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार