फास्ट ट्याकको दोश्रो प्याकेजको ठेक्का रोक्न नेपाली सेनालाई लेखासमितिले पत्र पठायो

तराई टप संवाददाता
रौतहट, १६ बैशाख । तराइं संग काठमाण्डौलाई जोड्न निर्माणाधिन निजगढ काठमाण्डौ फास्ट ट्याकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न संसदको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई निर्देशन दिएको छ ।
फास्ट ट्याकको दोस्रो प्याकेजमा अनियमितता भएको आशंकामा ठेक्का प्रक्रिया रोक्न यस अघि लेखा समितिले तीन पटक रक्षा मन्त्रालयलाई पत्र लेखेर निर्देशन दिएको थियो । रक्षा मन्त्रालयलाई पटक पटक पत्र पठाउँदा समेत निर्देशन कार्यान्वयन नभए पछि नेपाली सेनालाई सिधै पत्र लेखेर ठेक्का प्रक्रिया रोक्न समिति सचिव रोजनाथ पाण्डेले बताए ।
गत चैत १९ गते लेखा समितिले फास्ट ट्याकको दोस्रो प्याकेज अन्तर्गतको टनेल र पुलको ठेक्का प्रक्रियाको प्रि–क्वालिफाइड’ मै अनियमितताको शंका गर्दै ठेक्का प्रक्रिया रद्ध गरेर पुनः सुरु गर्न निर्देश गरेको थियो । तर, निर्देशन कार्यान्वयन नभएको सचिव पाण्डेले बताए ।
चैत १९ गतेपछि लेखा समितिले वैशाख ६ गते र ९ गते रक्षा मन्त्रालयलाई पत्र लेखेर फास्ट ट्याकको सुरुङ र पुल निर्माण सम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया रोक्न भनेको तर समितिको निर्देशनको बेवास्ता गर्दै वैशाख १२ गते टेण्डर आह्वान गरिएको छ । संसदीय समितिको निर्देशन विपरीत टेण्डर प्रक्रिया अगाडि बढाइएकोमा सीधै नेपाली सेनालाई पत्र लेखिएको पनि सचिव पाण्डेले बताए ।