पुष्पकमल दाहाल, प्रचण्ड केपी शर्मा ओलीलाई भेटन बालकोट पुगे

   माघ २५, २०७९  
288 Shares

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटन बालकोट पुगेको छ ।
ओलीको बालकोट स्थित निवासमा जारी भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो ।
सभामुख र केही महत्वपूर्ण मन्त्रालय पाइसकेको नेकपा एमाले भने प्रधानमन्त्री प्रचण्डलाई फकाएर राष्ट्रपति पद पनि हात पार्ने रणनीतिमा छ । प्रचण्डले भने आफ्नो रोजाइको व्यक्तिलाई राष्ट्रपति बनाउन चाहेका छन् । यही रस्साकस्सीका कारण कतिपयले वर्तमान सत्ता गठबन्धन संकटमा पर्न सक्ने अनुमान गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै