बुटवल बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन भोलि देखि दैनिक ४ घण्टा बन्द

151 Shares

काठमाडौं, २५ माघ । बुटवल बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन भोलि देखि दैनिक ४ घण्टा बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखाले सूचना जारी गर्दै माघ २६ गतेदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत प्रसारण रोकिने जानकारी दिएको हो ।
कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नं. १३ बडेरास्थित न्यु बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसिटी १६ को टावर निर्माण गर्नुपर्ने भएकाले बुटवल बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन बन्द हुने सूचनामा लेखिएको छ ।

सम्बन्धित समाचार