आज देखि जनक कप फुटबल प्रतियोगिता सुरु

157 Shares

सर्लाही, २५ माघ । सर्लाहीको बागमतीमा बुधबार बाट ७ औँ राजर्षि जनक कप फुटबल प्रतियोगिता सुरु हुँदै छ ।
मधेश प्रदेश सर्वाधिक राशीको यस प्रतियोगिताको उद्घाटन खेलमा आज सशस्त्र प्रहरीको एपिएफ क्लब र जावलाखेल फुटबल क्लबले खेल्दै छन् । दिउँसो ३ बजे पछि सुरु हुने छ ।
प्रतियोगिताको उद्घाटन दिउँसो एक समारोहका बीच उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले गर्नु हुने छ ।
बागमती नगरपालिकाको सहयोगमा आयोजित यस प्रतियोगितामा आयोजक बागमती युवा क्लबसहित १२ वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगितामा यूनाइटेड किङ्गडम फूटवल क्लव दार्जेलिङ, संकटा क्लव, नेपाल पुलिस क्लब, एपीएफ क्लब, जावलाखेल यूथ क्लब, चर्च व्वाइज यूनाइटेड, सुदूरपश्चिम–११, मच्छिन्द्र फूटवल क्लब, धरान यूवा क्लव, जन–जागृति युवा क्लब सीमरा र प्रतियोगिताको साबिक बिजेता पिप्ले यूथ क्लब हेटौँडाले सहभागिता जनाउने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।
फागुन ७ गतेसम्म संचालन हुने यस प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

सम्बन्धित समाचार