लखन्देही खोलाको पुल मर्मत सम्भारले गरे

   माघ २५, २०७९  
104 Shares

सर्लाही, २५ माघ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लखन्देही खोलाको पुल मर्मत सम्भारले गरेको छ ।
लामो समयदेखि जिर्ण अवस्थामा रहेको पुललाई टालटूल पारेर मर्मत सम्भारको काम गरिँदै आएको हो । पुलमा अत्यधिक खाल्डाखुल्डी भएपछि सवारी साधन ‘पास’ हुन समस्या भइ सवारीको लामो जाम लाग्न थालेपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले पुलका खाल्डाखुल्डी पुरेर मर्मतको काम गरेका छन् ।
खाल्डाखुल्डी पुरेपछि सवारी साधनलाई पुल पार गर्न केही सहज भएको छ । साँघुरो रहेकाले लखन्देखी पुलमा बस, ट्रकजस्ता ठूला सवारी १÷१ गरी पार गर्नुपर्ने हुन्छ । साँघुरो पुलमा त्यहीमाथि खाल्डाखुल्डी अत्यधिक हुँदा गाडी पार हुन समस्या हुँदै आएको थियो ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसादले कार्यालयलाई पुल भत्किए मर्मत, संभार गर्ने जिम्मेवारी रहेको बताए । पूर्व–पश्चिम राजमार्गको सर्लाहीखण्ड अन्तर्गत अली लामो रहेका लखन्देही र बागमती पुल बारम्बार यसरी टालटुल पार्ने काम चलिरहन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख ईश्वर कार्कीले लखन्देही पुलको खाल्डाखुल्डी टालेपछि अहिले सवारी आवागमनमा केही सहजता भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै