मोटरसाइकल दुर्घटना हुँदा एक चालकको मृत्यु

   माघ २५, २०७९  
159 Shares

सरर्लाही, २५ माघ । कविलासीमा मोटरसाइकल दुर्घटना हुँदा एक चालकको मृत्यु भएको छ ।
दुर्घटनामा कविलासी नगरपालिका वर्डा नं. ९ का सलेमपुरमा बस्ने ब्रह्मदेव रायको छोरा २७ वर्षीय डिकेश रायको मृत्यु भएको हो ।
मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७९१५ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भइ सडकको छेउमा गाडिएको पिलरमा ठोक्किँदा मोटरसाइकल चालक डिकेश रायको मृत्यु भएको प्रहरीले जनाए ।
मोटरसाइकल दुर्घटना हुँदा डिकेश रायको घटनास्थमै मृत्यु भएको भनी बुधबार बिहान स्थानीयबाट खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक डिकेश रायको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै