डा. अनिलविक्रम कार्की ३ हजार ५ सय ३७ मतको साथ विजयी

177 Shares

काठमाडौं, २५ माघ । नेपाल चिकित्सक संघको अध्यक्ष लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की ३ हजार ५ सय ३७ मतको साथ विजयी भएको छ ।
अध्यक्षको अर्को उम्मेदवार प्रगतिशील समूहका डा. सन्तोष पौडेलले २ हजार २ सय २३ र स्वतन्त्र उम्मेदवार डा. शिवजीविक्रम सिलवालले २ सय ९० मत प्राप्त गरेको हो ।
मतगणना अनुसार १ जना सदस्य बाहेक लोकतान्त्रिक समूहको प्यानल विजय भएको छ । महासचिवमा लोकतान्त्रिक समूहकै डा. सञ्जीव तिवारी २ हजार ९ सय १८ मतका साथ विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा. अमृत भुसाल १ हजार ५ सय ४१ मत ल्याएर भने अर्की उम्मेदवार डा. रक्षा श्रेष्ठले भने १ हजार ५ सय ५ मत ल्याएकी छिन् ।
मधेस प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह ३०८१ मतका साथ विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी डा. महेश महासेठले १५७४ मत पाए भने अर्का उम्मेदवार डा. अजयकुमार मिश्रले ११२४ मत ल्याए ।
बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले ५३५३ मतका साथ विजय हासिल गरेको छ । उनका प्रतिस्पर्धी डा. सञ्जय ठाकुरले २ हजार २ सय १४ मत ल्याए ।
गण्डकी प्रदेशमा डा. राजन शर्माले ३३२२ मतका साथ विजयी बने भने उनका प्रतिस्पर्धी डा. विकास गौचन २३९० मत ल्याए । यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट ३३५९ मतका ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी डा. निरज अर्याल २३०८ मत ल्याए ।

सम्बन्धित समाचार