रमेश तिमलसिना
चन्द्रपुर, २५ माघ । मानविय सेवामा सधै समर्पित रहेका नेपाल रेडक्रस सोसाइटीका उपशाखाहरु जिल्लाको प्रत्येक पालिकामा गठन गर्ने भएको छ ।
नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका सभापति राजकिशोर यादबले रौतहटको १८ वटै पालिकामा नेपाल रेडक्रस सोसाइटीको उपशाखा गठन गर्ने बताएको हो ।
रौतहटको चन्द्रपुरमा बुधबार नेपाल रेडक्रस सोसाइटी चन्द्रपुर उपशाखाको ३२ औ साधरण सभाका प्रमुख अतिथिको रुपमा रहनुभएका सभापति यादबले मानविय संवेदनशिल्तालाई मध्य नजर राख्दै जिल्लाको १८ वटै पालिकामा उपशाखाको गठन भएमा राम्रो हुने बताए ।
नेपाल रेडक्रस सोसाईटी बिशुद्ध मानविय सेवामा रहेर समाज प्रति सर्मिपित संस्था भएको बताउदै सभापति यादबले अब चाडै नै रौतहटका हरेक पालिकामा नेपाल रेडक्रस सोसाईटीको उपशाखा रहने जानकारी दिए ।
समाजिक कार्यमा सदैब एक कदम अगाडी रहेको रेडक्रसको महत्व एवं भावलाई बोध गराउन तथा विपदको समयमा सर्वसाधारणको जिउधनको रक्षार्थ उपशाखाको स्थापना जरुरी रहेको सभापति यादबले बताए । अब आउदा दिनमा नेपाल रेडक्रस सोसाईटी रौतहट शाखा चलायमान भएर काम गर्ने र अहिले पनि गरिरहेको सभापति यादबको धारणा रहेको थियो ।
यस्तै कार्यक्रमका अतिथि तथा नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका मन्त्री धर्मेन्द्र सिंहले रेडक्रसको उदेश्य र कार्यदिशा बारे जानकारी गराएका थिए । अब रेडक्रसमा युवा सर्कलको महत्वपुर्ण भुमिका हुने मन्त्री सिंहले बताएका छन । नेपाल रेडक्रस सोसाईटी रौतहटले आफनो गतिबिधिलाइ तिब्रताका साथ अगाडी बढाइरहेको समेत मन्त्री सिंहले बताए ।
नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका सल्लाहकार समितिका सदस्य उमेश वास्कोटाले रेडक्रसको महिमा र महत्व बारे जानकारी गराएका थिए ।
उक्त साधरण सभामा नेपाल रेडक्रस सोसाईटी चन्द्रपुर उपशाखाका कोषाध्यक्ष संजय कार्कीले उपशाखाले गरेको गतिबिधिबारे जानकारी गराएका थिए । उपशाखाका सभापति श्रीकृष्ण अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपशाखाका उपसचिब राजेन्द्र तिवारीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन नेपाल रेडक्रस सोसाईटी शाखाका कार्य समिति सदस्य घनश्याम सुन्दर श्रेष्ठले संचालन गरेका थिए । साधरण सभामा उपशाखाको उपसभापति सुष्मा दाहाल, सचिब लालबाबु साह, माउण्ट एभरेष्ट माबिका प्रअ अच्युत हुमागाई, लेखा प्रमुख अनन्त अधिकारी, उपशाखाका कार्य समितिका सदस्यहरु तथा आजिवन सदस्यहरुको सहभागिता रहेको थियो ।