चन्द्रनगर गापा अध्यक्ष महतो फेरी एक्शनमा, मातहतका सबै विद्यालय तथा कार्यलयमा लगाइयो ई–हाजिरी

172 Shares

राधेश्याम कुशवाहा
सर्लाही, २६ माघ । सर्लाहीको प्राकृतिक रुपमा निर्मित नाढीमन तालले प्रख्यात स्थानिय तह चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो को सर्वत्र चर्चामा देखिएको छ ।
गाउँपालिकामा निर्वाचित भएपछि गापा भित्रका विकास निर्माणका योजना, विधालय, वडा कार्यलय, स्वास्थ चौकी लगायतका मातहतका कार्यलयमा छडके अनुगमन गरि नियम विपरीत कार्यलाई यथाशिघ्र बन्द गर्न र गराउन ठाडो निर्देशन दिएर आम नागरिकबाट प्रशंसा बटुलेका महतो फेरि एक चोटि चर्चामा आएका हुन ।

उनले विद्यालय तथा कार्यलयहरुमा नियमित उपस्थित नहुने, आफूखुशि विदामा बस्ने, तोकिएको समयमा कार्यलयमा नआउने, कार्यलय समय सकिनु अगावै कार्यलय छाडने, कार्यलयमा रहदाँ तोकिएको पोशाक नलगाउने, परिचयपत्र नलगाउने लगायतका नियम विपरीत कार्य गर्ने कर्मचारी तथा शिक्षकहरुलाई कर्वाही गर्ने भएको छ ।
गाउँपालिकाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै गापा अन्तर्गतका सम्पूर्ण कार्यालय र विद्यालयहरुमा ई–हाजिरी (फिङर प्रीन्ट अर्थात औंठा बाला हाजिरी मसिन) को व्यवस्था गरेको जनाएको छ ।
आउदो फाल्गुन १ गते देखि गाउँपालिकाका सम्पुर्ण शाखा, केन्द्र, कार्यालय र विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य रुपमा ई–हाजिरी गर्नु पर्ने निर्देशन दिएको छ ।
प्रत्येक महिनाको ई–हाजिरीमा गैल देखिएको दिनको नियमानुसारको कागजात सहित उचित कारण नभएको अवस्थामा नियमानुसारको गैल कट्टी हुने जानकारी दिएको छ ।
गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यलयहरुबाट सर्वसाधारणलाई चुस्तदुस्त सेवा दिन यस्तो एक्सन लिएको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिए ।
केही कर्मचारीका कारण सरकारी सेवा दिने कार्यलय बदनाम रहेको छ , उहाँले भने । यस्ता कार्यबाट सर्वसाधारणले सास्ती खेप्दै आएको थियो ।
हामीलाई सेवाग्राहीले पटक–पटक गुनासो गरेपछि समयमा नआउने र कार्यलय समय अगाडी गईदिने परिपाटीको अन्त्य हुनुपर्ने बताए । उहाँले

उहाँले जनताको करबाट उठेको राजस्व, जनतालाई सेवा गर्न प्रदान गरिएको तलब तथा सेवा सुविधा प्राप्त गर्ने शिक्षक, कर्मचारी र जनप्रनिधिहरुले जनतालाई गुणस्तरिय सेवा प्रदान गर्न जिम्मेवार भई दिनुपर्ने तर्क गरे ।

फाल्गुन १ गतेदेखि गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यलय र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई अनिवार्य ई हाजिरी गर्नुपर्ने छ । र कार्यलय छाडदा सो दिनको नियमनुसार कागजात सहित कारण खोल्नुपर्ने छ । अन्यथा नियमनुसार गयल कटी हुने गाउँपालिकाले चेताएका छन ।

सम्बन्धित कार्यालय वा विद्यालयमा जडान गरिएको ई–हाजिरी मेसिनको सुरक्षाको जिम्मेवारी त्यस कार्यालयको कार्यालय प्रमुख र विद्यालयको प्र.अ. को हुनुको साथै ई–हाजिरी मेसिनमा कुनै समस्या देखिएमा गाउँपालिकाको सूचना अधिकृत र प्रशासन शाखा प्रमुखलाई तत्काल जानकारी गराई मेसिन सुचारु गराउनु पर्ने गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको हो ।

सूचना अधिकृत र प्रशासन शाखा प्रमुखले पनि यथासम्भव छिटो मेसिन सुचारु गराउनु पर्ने हुन्छ । यस सम्बन्धि कुनै ढिला सुस्ती भए सम्बन्धित कार्यालय वा विद्यालयका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत वा गाउँपालिका अध्यक्षलाई सम्पर्क गर्नु हुन गाउँपालिकाले आग्रह समेत गरेको हो ।

जनतालाई सेवा प्रदान गर्ने काममा बिना उचित कारण र नियमानुसारको कागजात बिना अनुपस्थित हुने गलत अभ्यास अन्त्य गरि जनतालाई समयमा चुस्त दुरुस्त तवरले गुणस्तरीय सेवा प्रवाह गरि सम्बन्धित सम्पुर्णले आफ्नो पदिए र नैतिक जिम्मेवारी निर्वाह गर्नु हुनेछ भन्ने बिश्वास गाउँपालिकाले लिएको हो

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।