बलरामा आइसिटी ल्याबको उदघाटन

519 Shares

राधेश्याम कुशवाहा
सर्लाही, २६ माघ । सर्लाहीको बलरा नगरपालिका वडा न. ५ हरिजनटोल स्थित सामुदायिक प्राथमिक विधालयमा स्थापना गरिएको आइसिटी ल्यावको उदघाटन गरिएको छ ।
बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले ६ लाख ५० हजारको लागतमा स्थापना गरिएको आईसिटी ल्याबको एक कार्यक्रमको बिच उदघाटन गरेको विद्यालयको प्रअ शैलेन्द्र यादवले जानकारी दिए ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कुशवाहाले प्रविधिमैत्री विधालय आजको आवश्यकता रहेको बताए । उहाँले विधार्थीको सिकाइलाई दिगो, चिरस्थायी र प्रभावकारी बनाउन कक्षाकोठामा श्रव्यदृष्य शैक्षिक सामग्रीको प्रयोग हुनुपर्नेमा जोड दिए ।
उहाँले नगर अन्तर्गतका सामुदायिक विधालयहरूमा विधार्थी संख्याको आधारमा शिक्षक, भौतिक पूर्वाधार र कक्षाकोठामा श्रव्यदृष्य सामग्रीको प्रयोग हुने वातावरण निर्माण स्थानिय सरकारको पहिलो प्राथमिकता रहेको जानकारी गराए ।
उहाँले यस विधालयले स्थापना गरेको आइसिटी ल्यावबाट विधार्थीको शिक्षण सिकाइ र विधालयको अभिलेख व्यवस्थापनमा सहयोग पुग्ने दाबी गरे ।
सर्लाहीमा राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत सर्लाहीका २४ विधालयलाई ४ कोठे भवन, १२ विधालयलाई २ कोठे भवन र २५ विधालयलाई आइसिटी प्राप्त भएको जिल्ला शिक्षा तथा समन्वय इकाइ, सर्लाहीका प्रमुख सुनिल कुशवाहाले जानकारी दिए ।
यसैगरी बलरा नगरपालिका अन्तरगतका १ वटा विधालयमा ४ कोठे भवन, १ वटा विधालयमा २ कोठे भवन तथा ३ विधालयमा आइसिटी ल्याब प्राप्त भएको बताए ।

सार्वजनिक शैक्षिक संस्थाको भौतिक संरचना विकास, सिकाइ वातावरण सुधार र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न योगदान गरी सार्वजनिक शैक्षिक संस्थालाई विद्यार्थीको सिकाइका लागि रोजाइको केन्द्र बनाउने उद्देश्यले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम नेपाल सरकार मन्त्रिपरिषद्ले कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको उहाँले जानकारी गराए ।

नेपाल सरकारले शिक्षा क्षेत्रमा फ्ल्यागसिप (ँबिनकजष्उ) कार्यक्रमका रूपमा अगाडि सारेका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन योगदान पु¥याउने, सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न कार्यक्रम संचालन गर्ने, नियमित कार्यक्रमबाट सम्बोधन गर्न नसकिएका सामुदायिक विद्यालयमा सिकाइ सुविधा विस्तार गर्न भौतिक पूर्वाधार विकास गर्ने र शैक्षिक अभियानमूलक कार्यक्रम संचालन गर्ने पवित्र उद्देश्यका साथ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुँदै आएको उहाँको कथन थियो ।

विधालयका प्रअ एवं कार्यक्रम अध्यक्ष शैलेन्द्र यादवले विधालयमा अपुग शिक्षक र भौतिक पूर्वाधार निर्माणमा सहयोगका लागि नगरप्रमुखसंग माग गरे । उहाँले शिक्षाप्रेमी नगर प्रमुखको अगुवाइमा यस नगरको शिक्षामा सुधार हुने बताए ।

कार्यक्रममा नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहालाई विधालय परिवारको तर्फबाट नयाँ वस्त्र सहित गम्छा ओढाएर सम्मान गरेको थियोे ।

कार्यक्रम नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाको प्रमुख आतिथ्य र प्रधानाध्यापक शैलेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतो, शिक्षा विकास तथा समन्वय इकाइका सुनिल कुशवाहा, बलरा नगरपालिका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष रामबाबु दास, १० नं. वडाका वडाध्यक्ष दिनेश महतो, प्रधानाध्यापक, शिक्षक, अभिभावक पत्रकार लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।