नेपाल राष्ट्र बैंकले साना व्यवसायीलाई सहुलियत

92 Shares

काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैंकले साना व्यवसायीलाई सहुलियत गरिएको छ ।
नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोडसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्त भित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरु लाभान्विन हुने भएका हुन् ।
उनीहरुको उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामा यो सुविधा दिइएका छन् ।

सम्बन्धित समाचार