विद्यादेवी भण्डारीले आज संघीय संसदमा सम्बोधन

123 Shares

काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शक्रवार संघीय संसदमा सम्बोधन गर्दै छिन् ।
आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको हो ।
संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे सम्बोधन गर्ने तय गरेको छ । राष्ट्रपतिको कार्यकाल सकिन लागेको छ ।
आगामी फागुन २८ गते उनको कार्यकाल सकिने भएकोले राष्ट्रपति भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी थिइन् ।
फागुन २८ गते राष्ट्रपतिको कार्यकाल सकिने भएकोले त्यसअघि २५ गते नै राष्ट्रपति निर्वाचनको मिति तय गरिएको छ । त्यसका लागि तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।
भूकम्पमा परी १९ हजार ३ सय भन्दा बढीको मृत्यु
सिरिया, २७ माघ । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी १९ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ ।
भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेटने आशा क्षीण हुँदै गएको टर्की र सिरियाका अधिकारीहरूले जनाएको हो ।
टर्कीका अधिकारी अनुसार टर्कीमा मात्र मुत्यु हुने सङ्खया झण्डै १५ हजार भन्दा बढी पुगेको छ ।अत्यधिक चिसोका कारण चौथो दिन देखि खोजीमा बाधा पुगेको छ ।
विज्ञहरूले जीवन बचाउने सबैभन्दा सम्भाव्य अवधिका रूपमा लिएको ७२ घण्टाको समय बितिसकेको छ । बाब अल–हवा सीमा नाकाको एक अधिकारीले एएफपीलाई बताएअनुसार विद्रोहीको कब्जामा रहेको उत्तरपश्चिमी सिरिया सहायता पुगेको छ ।
एक दशक लामो गृहयुद्धमा र हवाई आक्रमणका कारण अधिकांश सुविधासम्पन्न अस्पतालहरू ध्वस्त बनेका थिए, अर्थतन्त्र ध्वस्त बनेको थियो र बिजुली, इन्धन र पानीको अभाव हुँदै आएको थियो ।
टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

सम्बन्धित समाचार