२ पक्षबीच झड़प हुदा १ जनाको मृत्यु

   माघ २७, २०७९  
152 Shares

रौतहट, २७ माघ । मौलापुर नगरपालिका वर्डा नं. ९ सोनरनियामा गएको बुधबार २ पक्षबीच झड़प हुदा १ जनाको मृत्यु भएको छ ।
स्थानीय भोला यादवले सुगान्धी देवीलाई निर्घात कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । खेतमा जाने बाटोमा शौच गरेको भन्दै झगडा भएको स्थानियले बताएका छन ।
खुटामा दिसा लागेपछि आक्रोशीत भोला यादवले सुगान्धी देवीको घरमा पुगेर बासको भाटाले कुटपिट गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाइ पक्राउ गरेका छन् ।
गम्भिर घाइते भएकी महिलालाई उपचारको लागि एल. एस. न्यूरो होस्पिटल गण्डक लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै