कोरोना संक्रमणबाट पर्सामा तिनको मृत्यु

   १७ बैशाख २०७८, शुक्रबार १५:०१  

तराई टप संवाददाता
पर्सा, १७ वैशाख । नारायणी अस्पताल वीरगञ्जमा उपचार गराइरहेका थप तीन जना कोरोना संक्रमितको शुक्रवार मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको बीरगञ्जकी दुई महिला र बाराको जीतपुर सिमराका एक पुरुष रहेको हो । गत मंगलबार कोरोना भाईरसको चपेटामा परी सिकिस्त भई नारायणीमा भर्ना भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ बस्ने ४७ वर्षीया महिलाको मृत्यु भएको हो भने वडा नम्बर १६ नगवा बस्ने ४८ वर्षीया महिलाको पनि उपचारको क्रममा मृत्यु भएको कोभिड संयोजक डाक्टर दासले बताए ।
यस्तै बाराको जीतपुर सिमरा उप महानगरपालिका वडा नम्बर २४ निवासी ७७ वर्षका वृद्धको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै