आलु खेती गर्ने किसानहरु घटे

143 Shares

चन्द्रपुर, २७ माघ । आलु खेती गर्ने किसानहरु यो बर्ष रौतहटमा घटेको छ ।
आलुखेतीको लागि यस वर्ष मौसम अनुकूल भएपनि रौतहटका किसानहरूले लागत अनुसारको आम्दानी नहुने गरेको भन्दै आलु खेती गर्न छाडेका हुन् ।
जिल्लाको वृन्दावन नगरपालिका वर्डा नं. १ बलरीका किसान अर्जुन राउतले आलुखेतीको लागि बिउ महगोमा खरीद गरेको बताए । नेपाली आलुको बीउ स्थानीय पालिकाले उपलब्ध नगराएको कारण भारतबाट खरीद गरेर ल्याएकोमा कमसल बीउ परेको किसानको गुनासो छ ।
आलुखेतीको लागि यो वर्ष समय अनुकूल रहेको तर बीउको कारण उत्पादन सोचे अनुसार नभएको किसान बताउछन ।

सम्बन्धित समाचार