प्रधानमन्त्रीलाई अवधारणा पत्र बुझाए

127 Shares

रौतहट, २७ माघ । रौतहटको गढिमाई नगरपालिकाले पुर्व प्रधानमन्त्री माधव कुमारलाई अवधारणा पत्र बुझाएको छ ।
गढिमाई नगरपालिकाका मेयर श्यामबाबु यादवको नेतृत्वमा गएको वडा अध्यक्ष सहितको प्रतिनिधि मण्डलले समाजबादिको पार्टी कार्यालय काठमाडौ पुगेर पार्टी अध्यक्ष नेपाललाई अवधारणा पत्र बुझाएको छ ।
गढिमाई नगरपालिका स्थित होलि पर्व लगत्तै लाग्ने एतिहासिक फागु बैरिया मेलालाई महोत्सवको रूपमा बनाउन पहल गरिदिन, जिर्ण भएको ईलाका प्रहरी कार्यालय समनपुरको भवन निर्माणको लागि पहल गरिदिन नेता नेपाल लाई अवधारणा पत्र बुझाईएको मेयर श्यामबाबु यादवले बताएका छन ।
गढिमाई नगरक्षेत्र अन्तर्गत समनपुरमा अग्रेजहरु संग भएको युद्धमा प्रयोग गरिएको हात हतियार केहिबर्ष अघि फेला परेको थियो । त्यस सम्बन्धि विस्तृत विवरण अध्ययन गर्न पुरातात्तिवक विभागमा पत्राचार भएकोमा त्यसमा पनि पहल गरिदिन गढीमाइ नपाका जनप्रतिनिधीहरुले आग्रह गरेका छन ।

सम्बन्धित समाचार