मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र मुख्यमन्त्री निवासको सुरक्षा बढाए

165 Shares

जनकपुरधाम, २७ माघ । मुख्यमन्त्री सरोज कुमार यादवको निर्देशनमा मधेश भवन परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र मुख्यमन्त्री निवासको सुरक्षा व्यवस्था बढाएको छ ।
मधेश प्रदेश भवन परिसरको सुरक्षा व्यवस्थामा सशस्त्र प्रहरी मात्रै परिचालन गरिएको थियो भने मुख्यमन्त्री निवासको सुरक्षा नेपाली सेनाले गर्दै आएका थिए ।
मुख्यमन्त्री सरोज कुमार यादवको निर्देशनमा नेपाल प्रहरीको असईको नेतृत्वमा थप १२ जना नेपाल प्रहरीको टोली पनि मधेश भवन परिसरको सुरक्षा व्यवस्थामा खटेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिएको जानकारी अनुसार नेपाल प्रहरीको टोली मुख्यमन्त्री तथा मन्त्रिपरिषद् निवासको सुरक्षामा पनि खटाइने भएका छन् ।
मधेश भवन छिर्ने नेता तथा सर्वसधारणलाई अनिवार्य रुपमा आफ्नो नाम, ठेगाना, कामको विवरण, मोबाईल नम्बर र मोटरसाईकल वा गाडीमा आएको खण्डमा उक्त सवारीको नम्बर दैनिक हाजिरी नोट गर्न प्रहरीलाई निर्देशन दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक कर्मचारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार