जनकपुरधाम, २७ माघ । जनकपुरधामको उपमहा नगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले उपमहा नगरपालिकाका स्वास्थ्य संस्था र विद्यालयको अनुगमन निरीक्षण गरेको छ ।
नगर प्रमुख मनोज कुमार साहले उपमहानगरपालिका वर्डा नं. १८ स्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, स्वास्थ्य चौकी र शंकर आधार भूत विद्यालय बहुअर्वाको छडके अनुगमन गरेको हो ।
अनुगमनको क्रममा कतिपय स्वास्थयकर्मी र शिक्षकहरु समयमा कार्यालयमा उपस्थित नहुने गरेको स्थानीयले गुनासो गरेका थिए ।
नगर प्रमुख मनोज कुमार साहले सबै कर्मचारीलाई सरकारले तोकेको समयमा कार्यालयमा अनिवार्य उपस्थित भइ तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिए । अब कुनै किसिमको लापरबाही नगर्न चेतावनी पनि उनले दिए ।
नगर प्रमुख मनोज कुमार साहले उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन र कामै नगर्ने कर्मचारीलाई नियमानुसार कारबाही समेत गरिने । अनुगमनमा वडा नं. १८ का अध्यक्ष लक्ष्मेश्वर मण्डल, वडा नं. १० का वडाध्यक्ष मिथिलेश कर्ण, वडा नं. २२ का अध्यक्ष बिमलेश मिश्र, स्वास्थ्य शाखा प्रमुख विजय साहको उपस्थिति रहेको थियो ।