वडाध्यक्षले आफ्नो निजी घरमा वडा कार्यालय राखेको विरोध

   माघ २७, २०७९  
139 Shares

सर्लाही, २७ माघ । सर्लाहीको गोडैता नगरपालिका वर्डा नं. ७ का वडाध्यक्षले आफ्नो निजी घरमा वडा कार्यालय राखेको भन्दै विरोध भएको छ ।
गोडैता वर्डा नं. ७ का वडाध्यक्ष विनेश कुमार दासले सरकारी भवन बनेपछि आफ्नो निजी भवनबाटै वडा कार्यालय संचालन गरेको भन्दै वडावासीले सुक्रवार सदरमुकाम मलंगवामा आएर प्रदर्शन गरेका हुन् ।
१ सय भन्दा बढी स्थानीयले बनिसकेको सरकारी भवनबाटै वडा कार्यालय संचालन गर्न माग गर्दै मलंगवामा आएर प्रदर्शन गरेका छन्् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै