जनमत पार्टीका अध्यक्ष सदरमुकाम मलंगवामा आएर यहाँका कार्यकर्तासँग भेट गरे

   माघ २७, २०७९  
133 Shares

सर्लाही, २७ माघ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सर्लाही सदरमुकाम मलंगवामा आएर यहाँका कार्यकर्तासँग भेट गरेको छ ।
सप्तरीमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरी प्रतिनिधि सभामा निर्वाचित भएपछि सिके राउत पहिलो पटक सर्लाही आएको हो ।
उनले मलंगवा ८ स्थित कुसुम पार्टी प्यालेसमा जनमत पार्टीका जिल्ला अध्यक्ष जवाहारलाल यादवको अध्यक्षतामा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै प्रत्येक पालिकामा कार्यालय खोल्ने प्रयास गर्ने र त्यो सम्भव नभए जिल्ला पार्टी कार्यालय स्थापना गरेर भएपनि त्यहाँ स्वयंसेवक राखेर नागरिकका समस्या समाधानका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै