पालिका अध्यक्ष कुश्वाहाको निधन

तराई टप संवाददाता
पर्सा, १७ वैशाख । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाको अध्यक्ष नथुनी प्रसाद कुश्वाहाको निधन भएको छ ।
कालिकामाई गाउँपालिकाको वडा नम्बर २ भेडिहारी निवासी अध्यक्ष कुशवाहाको ७९ बर्षको उमेरमा शुक्रवार विहान करिब २ बजे निधन भएको हो । गाउँपालिका अध्यक्ष कुशवाहाको निधनको खबरले गाउँ नै शोकमा डुबेको छ ।
कुश्वाहा विरामी भएपछि उनको घरमै केहि दिन देखि उपचार भई रहेको थियो ।