चीनले हाम्रो सार्वभौमसत्तालाई खतरामा पारे कारबाही गर्छौं ः अमेरिका

123 Shares

वासिंगटन, एजेन्सी । अमेरिकाले चीनलाई चेतावनी दिदै भनेका छन् की हाम्रो सार्वभौमसत्तालाई खलल पुर्याउने कार्य गरेमा कारवाही गर्ने जनाएका छन् ।
आफ्नो स्टेट अफ द युनियन सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, “यदि चीनले हाम्रो सार्वभौमसत्तालाई खतरामा पार्छ भने, हामी हाम्रो देशको रक्षा गर्न काम गर्नेछौं ।”
गत हप्ता अमेरिकाले एट्लान्टिक महासागरमा एउटा संदिग्ध चिनियाँ जासूस बेलुन खसालेपछि यस्तो भएको हो । अमेरिकाले चीनले अमेरिकी सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप पनि लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार