चन्द्रपुर वन कार्यालय छेउको वस्तीमा परालमा आगलागी

145 Shares

रौतहट, २८ माघ । रौतहटको चन्द्रपुर ४ स्थित वन कार्यालय नजिक दुई वटा परालको चाँगमा शनिवार दिउसो आगलागी भएको छ ।
वन कार्यालय छेउमा किसानले पशुचौपायाको लागि राखेको परालको चाँगमा विद्युत सर्ट भएर आगलागी भएको हो ।
पानी तान्ने मोटर बाट बिधुत सर्ट भएर आगलागी हुदा निसान आचार्य , उतम आचार्य को पराल जलेर नष्ट भएक‍ा छन् ।
बस्तिको नजिकै पराल मा आगो लाग्दा घरहरु समेत जोखिममा परेका थिए । स्थानियबासी, दमकल, प्रहरीको मद्दतबाट आगो नियन्त्रण मा लिएका छन ।

सम्बन्धित समाचार