अफगानिस्तानमा बढ्दो चिनियाँ प्रभाव प्रति इस्लामी शक्तिहरु आक्रमक बन्दै

137 Shares

वासिंगटन, एजेन्सी । बेइजिङले अफगानिस्तानसँग तेल सुपुर्दगी सम्झौतामा हस्ताक्षर गरेपछि चीनको शत्रुतापूर्ण इस्लामी शक्तिहरूले अफगानिस्तानमा आक्रमण बढाउने तयारी गरेका छन् ।
वाशिंगटन डीसीमा आधारित स्वतन्त्र मिडिया समूह ग्लोबल स्ट्र्याट भ्यूका अनुसार अफगानिस्तानमा चीनको बढ्दो प्रभावबाट इस्लामवादीहरू खुसी छैनन् । इस्लामवादी शक्तिहरूले अफगानिस्तानको चीनको व्यापारिक शोषणलाई समर्थन गर्दैनन् । चीनमा अल्पसंख्यक उइघुर मुस्लिमहरूलाई उत्पीडन गरेको आरोपले देशको चिन्ता बढाएको छ ।
अफगानिस्तान र मध्य पूर्वमा इस्लामवादी शक्तिहरूको बलियो उपस्थिति छ, जहाँ चीनले विरोधको सामना गरिरहेको छ र यसका नागरिकहरू र परियोजनाहरूमा आक्रमण भइरहेको छ । ग्लोबल स्ट्र्याट भ्यूले रिपोर्ट गरेको छ कि चीन देशमा सबैभन्दा ठूलो विदेशी लगानीकर्ता भए पनि छिमेकी पाकिस्तानबाट चिनियाँ नागरिक र परियोजनाहरूमा आतंकवादी आक्रमणहरू पनि रिपोर्ट गरिएको छ ।
पाकिस्तानको प्राकृतिक स्रोतको अत्याधिक दोहन र देशमा चीनको आर्थिक तथा सैन्य प्रभावलाई लिएर पाकिस्तानी नागरिकले चीनको विरोध गर्दै आएका छन् । इस्लामवादी शक्तिहरूका अनुसार अफगानिस्तानमा पनि त्यस्तै घटनाक्रमहरू भइरहेका छन् किनभने अमेरिकाले अफगानिस्तान छोडेपछि चीनले फाइदा उठाउन खोजेको आरोप लागेको छ ।
अफगानिस्तानको विशाल खनिज सम्पदाको दोहन गर्ने चीनको स्पष्ट उद्देश्य रहेको छ । तर चीन–पाकिस्तान इकोनोमिक करिडोर (सीपीईसी) लाई अफगानिस्तान सम्म विस्तार गर्ने उनको मनसायले चिन्ताको विषय बनेको छ ।
इस्लामिक स्टेट समूहको क्षेत्रीय सहयोगी आईएसआईएस–केले हालै चीनको बेल्ट रोड इनिसिएटिभ बीआरआईलाई तेस्रो विश्वका देशहरूलाई ’ऋण र डिफल्टको दुष्चक्र’ को रुपमा ब्याख्या गरेको छ भने तिनीहरूको सार्वभौम सत्तामा हनन गरेको आरोप लगाएको ग्लोबल स्ट्र्याट भ्यूले रिपोर्ट गरेको छ ।
सेप्टेम्बर २०२२ मा भ्वाइस अफ खोरासान पत्रिकामा लेखिएको छ कि चीनले तेस्रो विश्वका देशहरूलाई कमजोर बनाउन र यी देशहरूमा चीनको प्रभावलाई अझ बलियो बनाउन ऋण योजनाहरू प्रयोग गरिरहेको हुन सक्छ । आईएसआईएस–केले हालै निर्दोष उइगरहरूको रगतमा हात चोबलेको भन्दै चीनको निन्दा गरेको छ । इस्लामिक स्टेट समूहले चीनलाई बीआरआई र अन्य परियोजनाहरूमा ठूलो नोक्सान हुने चेतावनी पनि दिएको छ ।
ग्लोबल स्ट्र्याट भ्यूका अनुसार इस्लामिक स्टेट यसका सहयोगीहरू र यसका समर्थक लडाकु समूहहरूले चिनियाँ परियोजनाहरूमा बम विष्फोट गर्नुका साथै चिनियाँ नागरिकहरूको अपहरण र हत्या गरिरहेका छन् । सञ्चार माध्यमहरूले दक्षिण एसियाली देशहरूमा चिनियाँ परियोजनाहरूको बारेमा प्रारम्भिक प्रतिवेदन पछि बंगलादेश, पाकिस्तान र नेपाल जस्ता राष्ट्रहरूमा बहुचर्चित पूर्वाधार सम्झौताहरू ढिलाइ, जटिलता र बढ्दो लागतका कारण अलपत्र परेका छन् । चीन–पाकिस्तान इकोनोमिक करिडोर (सीपीईसी) को प्रगति सुस्त गतिमा भइरहेको काम र आतंकवादी हमला लगायतका बिभिन्न मुद्दाहरूले गर्दा चीनको अत्यधिक चर्चा गरिएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ले जताततै आफ्नो प्रभाव गुमाएको देखिन्छ ।

सम्बन्धित समाचार