टर्की र सिरियामा ३३ हजार भन्दाको ज्यान गएको पुष्टि

194 Shares

हालै टर्की र सिरियामा आएको शक्तिशाली भूकम्पमा परेर अहिले सम्म ३३ हजार जना भन्दा बढिको ज्यान गइसकेको पुष्टि भएको छ ।
सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण अहिले सम्म टर्कीमा २९ हजार ६ सय ९५ र सिरियामा ३ हजार ५ सय जनाको ज्यान गएको पुष्टि भएको रोयटर्सले जनाएको हो ।
भूकम्पमा परेर अझै कयौँ नागरिक बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको छ । भूकम्प गएको एक हप्ता भइसक्दा पनि हराइरहेका धेरैजसो भेटिएका छैनन् । तर, यस बीचमा कतिपयको भने जीवितै उद्धार भइरहेको छ । अत्यधिक चिसो र भग्नावशेषमा पुरिएकाले जीवित भेटिने सम्भावना कम भइरहेका बेला पनि कतिपयको जीवितै उद्धार भएकाले केही आशा भने जिवितै रहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ । भूकम्पबाट १४ लाख बालबालिका सहित झण्डै २ करोड ३० लाख मानिस प्रभावित हुनसक्ने सम्भावना रहेको विश्व स्वास्थ्य सङ्गठनले औँल्याएको छ ।

सम्बन्धित समाचार