अफगान सुरक्षाकर्मीद्धारा हातहतियार बरामद

196 Shares

काबुल, एजेन्सी । अफगानिस्तानमा संचालित तालिवानी सरकारको प्रहरीले उत्तरी प्रान्त बाघलानबाट ठूलो परिमाणमा हातहतियार बरामद गरेको छ ।
उत्तरी प्रान्त बाघलान स्थित एउटा घरमा अफगान प्रहरीले छापा मारेर विभिन्न किसिमका हातहतियार र गोलाबारुद बरामद गरेको प्रान्तीय प्रहरीका प्रवक्ता मौलवी शिर अहमद बुर्हानीले जानकारी दिएको हो ।
गोप्य सूचनाका आधारमा छापा मारेर सुरक्षाकर्मीले एक थान रकेट प्रोपेल्ड ग्रेनेड आरपीजी, पाँच थान एके –४७ राइफल, १३ थान पेस्तोल र भारी मात्रामा ग्रिनेड नियन्त्रणमा लिएको जनाइएको छ । हालैका दिनमा सुरक्षा बलले बगलान, छिमेकी कुन्दुज र समङ्गन प्रान्तबाट हजारौँ हातियार र गोलाबारुद बरामद गरेको छ ।
वर्षौँको युद्धबाट तहसनहस भएको अफगान सरकारले देशमा शान्ति, सुरक्षा एवम् स्थायित्व कायम गर्न सुरक्षा निकायबाहेक अन्यलाई हतियार राख्न नदिने नीति लिएको छ भने त्यस्ता हातहतियार सम्बन्धित व्यक्तिबाट जफत गर्ने वाचा गरेको छ । एजेन्सी ।

सम्बन्धित समाचार