आइपिएलमा सटेवाजी गर्ने एक जना रौतहट प्रहरीद्धारा पक्राउ

तराई टप संवाददाता
रौतहट, १७ वैशाख । अनलाईन मार्फत इण्डियन प्रिमियर लिग (आईपिएल) मा सटेवाजी र जुवा खुलाउने एक जना व्यक्तिलाई रौतहट प्रहरीले शुक्रवार गौरबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गौरमा आयोजित पत्रकार सम्मेलनमा सटेवाज सुधिरकुमार जयसवाललाई सार्वजनिक गर्दै प्रहरी उपरिक्षक सिद्धीविक्रम शाहले हामीलाई प्राप्त सुचनाको आधारमा ग्राहक बनेर गएको रौतहट सदरमुकाम गौर नगरपालिका वडा नम्वर १ २६ बर्षिय जयसवाललाई युनिभर्सल मोवाइल अक्सोरिज पसल अनलाईन मार्फत संचालन गरेर आइपिएलको सटेवाजीको आडमा जुवा संचालन गर्दै आइरहेको अवस्थामा प्रहरीले आज पक्राउ गरेको हो ।
इ–सेवा प्रयोग गर्ने ९८४५७१४२३६ नम्वरको मोवाइल बाट स्टेटमेन्ट हेर्दा १४९४९३७ र सनराइज बैंकको खाताबाट २४४७०३ गरेर १७ लाख ३९ हजार ६४० रुपैयाको कारोवार गरिएको प्रमाण फेला परेको हुँदा आरोपित जयसवाललाई जिल्ला अदालतबाट जुवा खेल्न वा सटेवाजी गर्ने नहुने ऐन अन्तर्गतको कसुरमा ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक शाहले बताए ।
आरोपित जयसवालले सटेवाजी गत असोज महिना देखि संलग्न भएको आफु संग ४८ जना कलाइन्ट रहेको स्वीकार गरेपनि सो क्लाइन्ट को हो वारे अनुसन्धान गरेर उनीहरुलाई पनि कानुनी डायरामा ल्याउने प्रतिबद्धता प्रहरी उपरिक्षक शाहले व्यक्त गरे । रौतहट जिल्लामा पहिलो पटक सटेवाजी गर्ने व्यक्ति पक्राउ परेको हुँदा प्रहरीले यस्ता सटेवाजी गर्नेको संख्या बढि हुनसक्ने भएको हुँदा डिजिटल प्रविधिबाट अनुसन्धान स्पष्ट पारे ।