पाकिस्तानस्थित चिनियाँ दूतावासले आफ्नो कन्सुलर खण्ड अस्थायी रूपमा बन्द गरेको छ

177 Shares

बेइजिंग, एजेन्सी । चीनले अर्को सूचना नभए सम्मका लागि इस्लामाबाद स्थित आफ्नो दूतावासको कन्सुलर कार्यालयलाइए अस्थायी रूपमा बन्द गरेको छ ।
दूतावासलाई तहरीक–ए–तालिबान (टीटीपी) र बलुच लडाकुहरूबाट लगातार धम्कीहरू प्राप्त भइरहेको थियो, अन्तराष्ट्रिय समाचार एजेन्सीहरुको रिपोर्टमा उल्लेख गरिएको हो ।
उल्लेखनीय रूपमा, यो पाकिस्तानको पञ्जाबले त्यहाँ बसोबास गर्ने र निजी कम्पनीहरूसँग काम गर्ने चिनियाँ नागरिकहरूलाई उनीहरूको आफ्नै सुरक्षा भाडामा लिन निर्देशन दिएपछि आएको छ ।

सम्बन्धित समाचार