टर्कीमा उद्धार गरिएकी युवतीसँग भारतीय सेना अधिकारीको तस्बिर भाइरल

159 Shares

इस्ताम्बुल, एजेन्सी । विनाशकारी भुकम्पको पीडा खेप्दै आएको टर्किस नागरिकको लागि देवदुत बनेर उद्धार गर्न पुगेका भारतीय सेना मानविय सेवामा जुटेपछि चारै तर्फ सराहना भईरहेका छन् ।
टर्कीमा भूकम्पपछि देवदुत झै उद्धार गर्नमा खटिएकी भारतीय सेनाको महिला अधिकारीहरु मानविय कर्ममा खटिएको समयमा उद्धार गरिएको युवती संग भारतीय सेनाको एक महिला अधिकारीको तस्वीर यतिखेर भाइरल बनेका हुन् ।
उद्धार गरिएकी युवतीसँग भारतीय सेनाकी एक महिला अधिकारीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । यो तस्विर आनन्द महिन्द्राले शेयर गरेका छन् । “इसकेन्दरुनमा भारतीय सेनाले खोलेको अस्पतालमा उद्धार गरिएको युवतीसँग मेजर बीना तिवारीको तस्वीरको माध्यमबाट भारतको विश्वव्यापी छविमा निकै सुधार भएको छ र हुनुपर्छ,” महिन्द्राले ट्वीट गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार