राष्ट्रिपतिको विषयलाई लिएर एमाले माओवादी गठबन्धन भत्किने संकेत देखापरेपछि चीनमा खैलाबैला, सहमतीको प्रयास गराउन चिनियाँ राजदूत सक्रिय

213 Shares

काठमाडौं, ६ फागुन । राष्ट्रपतिको बिषयलाई लिएर सत्तारुद्ध गठबन्धन टुट्ने संकेतहरु देखा पर्न थालेपछि चीनमा खैलाबैला मचेको छ ।
राष्ट्रपतिमा सहमतिको एजेण्डाले एमाले–माओवादी गठबन्धन धरापमा पर्दै गएको संकेतहरु देखा पर्न थालेको हो ।
एमालेको भागमा परेको राष्ट्रपतिमा अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक पदीय गरिमाको अवमूल्यन हुनेगरी आफ्नो एस म्यान ल्याउन खोजेपछि माओवादी केन्द्रले समर्थन नगर्ने रणनीति बनाएको श्रोतले बतायो ।
एमाले अध्यक्ष ओलीले डोरमणी पौडेल, विष्णु रिमाल जस्ता एस म्यानको नाम अघि सारे पछि प्रचण्ड गठबन्धन भत्काउने मनस्थितिमा पुगेका छन् । विगतमा ओलीको एस म्यान विद्या भण्डारीबाट दुख पाएका प्रचण्ड यसपालि त्यो नियति दोहोरिन नदिने पक्षमा देखिएका छन् ।
ओली र भण्डारीको सक्रियताले संविधान नै खतरामा परेको पृष्ठभूमिमा यसपटक त्यस्तै प्रकृतिको पात्र दोहोरिएमा संविधान र यो व्यवस्था नै समाप्त हुने खतराको आंकलन गरेका प्रचण्डले राष्ट्रपतिमा साझा उम्मेदवार वा प्रजातान्त्रिक संस्कार बोकेको तथा संविधान प्रति वफादार कांग्रेसका उम्मेदवारलाई ल्याउने तयारी गरेका छन् ।
कांग्रेसलाई सघाउने संकेत पनि दिइसकेका छन् । राष्ट्रपति निर्वाचनमा माओवादी निर्णायक भूमिकामा छ । निर्णायक माओवादीले समर्थन गर्ने उम्मेदवार नै राष्ट्रपति बन्नेछ । राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसलाई सघाउने वचन सँगै एमाले माओवादी सत्ता गठबन्धन पनि भत्किने अवस्थामा पुगेको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सके सहमतिमा जाने र गठबन्धन जोगाउने प्रयास हुने र नमिलेमा अर्को समीकरण बन्न सक्ने बताइसकेका छन् । यी पृष्ठभूमिमा गठबन्धन धरापमा परेपछि चीनमा खैलाबैला सुरु भएपछि काठमाडौं स्थित चिनियाँहरुले दौडधुप बढाएका छन् ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शुक्रबार एमाले अध्यक्ष ओलीसँग भेट गरेका छन् । गठबन्धन भत्किने अवस्थाले चिन्तित राजदूत सोङले ओली र प्रचण्डलाई सहमतिको विन्दुमा ल्याउन खोजिरहेका छन् ।
बालकोट स्रोतकाअनुसार राजदूत सोङले गठबन्धन भत्किन नदिनका लागि लचिलो भएर पहल गर्न ओलीलाई आग्रह गरेका थिए । ओलीले म मिलाउँछु भनेर आश्वस्त पारेका थिए । पछिल्लो समय ओली र प्रचण्डबीच विग्रिदै गएको सम्बन्धले चिनियाँहरु निकै चिन्तित बनेका छन् ।
चिनियाँहरुले गठबन्धन जोगाउन ओलीका साथै प्रधानमन्त्री प्रचण्डसँग सम्वाद बढाएका छन् । नेपालका कम्युनिस्ट मिलाउने र त्यसको आडमा आफ्नो प्रभुत्व जमाउने चिनियाँ रणनीति रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार