अनाधिकृत तवरबाट विद्युत जडान गर्न नमानेपछि इन्जिनियर चौधरीलाई रामधुलाई

   फाल्गुन ६, २०७९  
228 Shares

रौतहट, ६ फागुन । अनाधिकृत तवरबाट विद्युत जडान नगरेपछि गोरिल्ला शैलीमा रौतहटको मौलापुर स्थित नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रका सहायक इन्जिनियरलाई कुटपिट गर्दै अपहरण गरेकोमा ति व्यक्तिहरुलाई कारवाही गर्न प्रहरीलाई पत्राचार गरिएको छ ।
पूर्व माओवादी नेता हाल आम जनता पार्टी संग सम्बध रहेका नेता त्रिभुवन साह भनिने (अमर) र धिरज पाण्डे सहितको ४० जनाले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका सहायक ईन्जिनीयर महेन्द्र प्रसाद चौधरीलाई शुक्रवार निर्घात कुटपिट गर्दै चार पाग्रें गाडीमा राखेर अपहरण शैलीमा लगेकोमा उक्त शाखाले जिल्ला कार्यालय रौतहटलाई पत्र लेखेर कारवाहीको माग गरेको हो ।
शुक्रवार विहान पौने १० बजेको समयमा साह र धिरज पाण्डेको नेतृत्वमा आएका ४० जनाको संख्यामा आएका समुहले कार्यालय भित्र प्रवेस गरी विना कारण ईन्जिनीयर चौधरीलाई कुटपिट गर्नुको साथै गाली गलौज गरेको नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रले जनाएको छ ।
ईन्जिनीयर चौधरीलाई कुटपिट तथा गाली गलौज गर्दै अपहरण गरी गाडीमा लगेको र विना प्रकृयाको विधुत लाइन जडान गर्न लगाएको नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख अरुण कुमार साहले गम्भीर आरोप लगाए ।
कार्यालय प्रमुख साहले एक विज्ञप्ती जारी गर्दै विना कारण आफना कर्मचारीलाई गुण्डाशैलीमा अपहरण गरी कुटपिट गर्नुका साथै विधुत लाइन जडान गर्न लगाउने जस्ता कार्य नेपाल विद्युत प्राधिकरण ऐन विपरीतको काम भएकोले यस कार्यमा संलग्नहरुलाई आवश्यक कार्यवाही गरी कानुनी राज्यको अवधारणलाई रक्षा गर्न रौतहट प्रहरी प्रशासन संग माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै