पाँच दलीय गठबन्धन ब्युँताउन नेताहरू सक्रिय

199 Shares

काठमाडौँ, ८ फागुन । तत्कालीन पाँच दलीय गठबन्धन ब्युँताउन नेताहरू प्रधानमन्त्री सँग भेटघाटलाई तिव्र बनाएको छ ।
पुरानो गठबन्धनका नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल सँग भेटघाटलाई तीव्र बनाएको हो ।
आम निर्वाचनपछि प्रधानमन्त्री चयन गर्ने बेला सो गठबन्धन टुटन पुगेको थियो । पूर्व सहमति अनुसार नेपाली कांग्रेसका नेताहरुले आफूलाई प्रधानमन्त्री दिन तयार नभएको भन्दै माओवादीका अध्यक्ष प्रचण्ड नेकपा एमालेसहितको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री भएका थिए ।
आइतबार बेलुका ४ बजे प्रधानमन्त्री प्रचण्डलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भेटेको नेपाल निकट एक नेताले बताए । प्रधानमन्त्री प्रचण्डलाई भेटेर नेपाल र यादवले पुरानो गठबन्धन निर्माण गर्ने विषयमा छलफल गरेको ती नेताले बताए ।
प्रचण्डसँग कांग्रेसको नेताहरूले करिब २ घण्टा सम्म भेटेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए । कांग्रेस नेताहरूले आफ्नो पार्टीका राष्ट्रपतिको उम्मेदवारलाई सघाउन आग्रह गरेपछि प्रचण्डले सकारात्मक जवाफ दिएको कांग्रेस नेताहरूको दाबी छ । आगामी फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी दर्ता हुँदै छ ।

सम्बन्धित समाचार