५३ किलो गाँजासहित २ जना पक्राउ

   फाल्गुन ८, २०७९  
125 Shares

चितवन, ८ फगुन । पूर्वी चितवनबाट प्रहरीले ५३ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वर्डा नं. १६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र १ जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।
सोमबार बिहान १ बजे राप्ती नगरपालिका वर्डा नं. १ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको वा ३ च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएका छन् ।
पक्राउ परेका उनीहरुको थप अनुसन्धान जारी रहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै