गौर अस्पतालको ओपिडी सेवा भोली देखि बन्द

   १७ बैशाख २०७८, शुक्रबार १८:२९  

तराई टप संवाददाता
रौतहट, १७ वैशाख । जिल्लाको एक मात्र सरकारी अस्पताल गौरमा भोली देखि ओपिडी र इलेक्टी सर्जरी सेवा बन्द हुने सुचाना जारी गरेपछि सर्वसाधारणमा संत्रास छाएको छ ।


गौर अस्पतालको मेडिकल सुप्रिडेन्ट कृष्णा साहद्धारा हस्ताक्षरित पत्रमा कोभिड १९ को दोश्रो लहर फैलिएका कारण उक्त संक्रमण फैलिन नदिन एवं रोकथामको लागि गौर अस्पतालबाट प्रवाह भईरहेको सेवाहरु सिडिपी, इलेक्टीभ सर्जरी, ओपीडि भोली वैशाख १९ गते देखि बन्द गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनस्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रको पत्र अनुसार भाली देखि गौर अस्पतालबाट प्रवाह हुन सेवा ओपिडि, इलेक्टीभ बन्द हुँदा सर्वसाधारणमा पर्ने असुविधा प्रति गौर अस्पताल क्षमाप्रार्थी रहेको विज्ञप्ती मार्फत जनाइएको छ ।

नागरिकले पाउनुपर्ने अधिकारलाई कुण्ठित गर्नु नहुने नेका महासमिति सदस्य झाको भनाई

गौर अस्पतालबाट प्रवाह हुने उक्त सेवा बन्द हुँदा सर्वसाधारणहरुमा संत्रास छाएको छ । जिल्ला बाहिर अन्य अस्पतालमा वेड अभाव छ भने सिमा बन्द रहदा भारत तर्फ जाने अवस्था छैन् । कोभिड बाहेकको विरामीहरु उपचारकै अभावमा थला पर्ने भयो यसको जिम्मेवारी कसले लेला ? नेपाल सरकार वा गौर अस्पताल नेपाली काँगे्रस महासमिति सदस्य श्यामचन्द्र झाले सम्बनिधत निकाय संग प्रश्न गरे ।
जनताहरुले पाउने पर्ने नैसर्गिक अधिकारलाई कुण्ठित पार्ने कार्य कदापी हुनु भएन, कोभिड विरामीलाई अन्य स्थानमा राखेर गौर अस्पतालबाट प्रवाह गरिने सेवाहरु सुचारु गर्न सम्बध सवै निकायको ध्यान जानु जरुरी रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै