लिलाधर कुशवाहाको संयोजकत्वमा १५ सदस्यीय कार्य समिति चयन

304 Shares

राधेश्याम कुशवाहा
सर्लाही, ८ फागुन । पेशागत महासंघ नेपाल सर्लाहीमा सम्पन्न जिल्ला अधिवेशनबाट लिलाधर कुशवाहाको संयोजकत्वमा १५ सदस्यीय कार्य समितिको चयन गरिएको छ । सर्लाहीको बरथवा नगरपालिका वडा नम्वर ५ स्थित अन्नपुर्ण होटलको सभा हलमा सम्पन्न पेशागत महासंघ नेपालको सम्पन्न जिल्ला अधिवेशनबाट कुशवाहाको संयोजकत्वमा १५ सदस्यीय जिल्ला कार्य समितिको सर्वसहमतीबाट चयन गरिएको हो ।
पेशागत महासंघ नेपाल जिल्ला अधिवेशन आयोजक कमिटी, एकिकृत समाजवादी संगठन, सर्लाहीको आयेजनामा सम्पन्न भएको अधिवेशनमा लिलाधर कुशवाहा (निखिल) को संयोजकत्वमा १५ सदस्यीय कार्य समिति सर्वसहम्मत चयन भएको बताइएको छ ।
उपाअध्यक्षमा दिनेश राय, महिला उपाध्यक्षमा सुशिला कुमारी चौधरी, सचिवमा शिवशंकर प्रसाद यादव, सहसचिवमा सरोज कुमार साह, कोषाअध्यक्षमा संतोष कुमार पौडेल, सदस्यहरुमा मदन कुमार महतो, रामबाबु सिंह, चन्दन कुमार दास, विरेन्द्र कुशवाहा, रघुनाथ महतो, नागेन्द्र राय यादव, रामबालक राय, सुशिला कुमारी सिंह र दुर्गा लामिछाने चयन भएका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष लिलाधर कुशवाहाले पेशागत महासंघ नेपाल संग आबद्व शिक्षा, स्वास्थ, सहकारी लगायत हरेक संगठनको हितका लागि निस्वार्थ रुपमा निरन्तर काम गर्ने बताए । मेरो काँधमा नेतुत्व आएपछि महासंघलाई थप नयाँ उचाई पुर्याउने दाबी गर्दै उनले चयन भएका सबै पदाधिकारीहरुलाई संगठनप्रति ईमन्दार भएर काम गर्न आग्रह गरे । संगठनका हक अधिकार, सुरक्षा र जायज माग सम्बोधनका लागि प्रदेश देखि केन्द संग पैरवी गर्ने उनको भनाई थियो ।
उत्तर कुमार सुवेदीका संयोजकमा अध्यक्ष मण्डलमा ऋषिराम दंगाल, बज्रमणि लामा, राजकुमार विब, सुशिला चौधरी, दिलिप महतो र राजाराम राम सदस्यहरु रहेका थिए । पेशागत महासंघ नेपाल, सर्लाहीका पूर्व अध्यक्ष राजाराम साह को अध्यक्षतामा सम्पन्न भएको अधिवेशनलाई पूर्व कोषाअध्यक्ष सन्तोष पौडेलले संचालन गरेका थिए ।
कार्यक्रमा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य डिल्ली प्रसाद उप्रेती, केन्द्रिय परिषद सदस्य अमरकान्त झा, नेकपा एसका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, पेशागत महासंघ नेपालको केद्रिय सदस्य ऋषिराम दंगाल, केन्द्रिय प्रतिनिधि छत्रबहादुर लुंगेली, संगठन विभाग प्रमुख भरत कुमार कार्की, अनेरास्ववियू केन्द्रका सचिव राजकुमार विश्वकर्मा लगायत पेशागत महासंघ नेपालको प्रतिनिधिहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।