जंगंली हात्तीका आक्रमणबाट एक वृद्धाको मृत्यु

197 Shares

मकवानपुर, ८ फागुन । जंगंली हात्तीको आक्रमणबाट मनहरीमा एक वृद्धा मृत्यु भएको छ ।
मनहरी गाउँपालिका वर्डा नं.४ मसिनेमा सोमबार बिहान करेसाबारीमा काम गरिरहेकी ६४ वर्षीय राधा अधिकारीलाई हात्तीले आक्रमण गरेको स्थानीय श्रीकृष्ण ढकालले जानकारी दिए ।

घाइते अधिकारीको हेटौंडा वर्डा नं. ११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसअघि पनि सो क्षेत्रमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको थियो । हात्तीले वृद्धालाई आक्रमण गरेसँगै आक्रोशित स्थानीयले मनहरी गाउँपालिका वर्डा नं. ३ लामिटारस्थित पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड गरेका छन् ।

केही दिन अघिदेखि मनहरी गाउँपालिकाको क्षेत्रमा जंगंली हात्तीले आतंक फैलाएको थियो । आइतबार साँझबाट मनहरी मसिने क्षेत्रमा हात्ती देखा परेको पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले बताए । केही दिन यता हाँडीखोला क्षेत्रमा तीनवटा हात्ती देखा परेको र त्यसले स्थानीयलाई हानी पु¥याइरहेको उनको भनाइ छ ।

उनका अनुसार हात्ती नियन्त्रणका लागि सेना खटाइएको छ । उनले साँझ बिहान घर बाहिर ननिस्किन समेत सर्वसाधारणलाई आग्रह गरेका छन् । यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले हात्ती नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय गरिरहेको जानकारी दिए ।

सम्बन्धित समाचार