संयुक्त अरब इमिरेटसमा छायांकन हुने

   फाल्गुन ८, २०७९  
126 Shares

काठमाडौं, ८ फागुन् । चलचित्र विकास बोर्डले मध्य पूर्वीमुलुक संयुक्त अरब इमिरेटसमा छायांकन हुने नेपाली फिल्मलाई प्रोत्साहन शुल्क (इन्सेन्टिभ) प्रदान गर्न आग्रह गरेको छ ।
बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै फिल्म छायांकनका लागि नेपाल आउन त्यहाँका निर्मातालाई समेत आग्रह गरेको जनाएको हो । दुबईमा यसैसाता सम्पन्न चारदिने नेपाली सिनेमा फेस्टबाट अन्तर्राष्ट्रियकरणको ढोका खुलेको जनाउँदै अध्यक्ष भुवन केसीले युएईलाई नेपाली फिल्मको दोस्रो ठूलो बजार बनाउन बोर्ड अग्रसर भएको छ ।
दुबईमा सम्पन्न फेस्टिभलबाट सात बुँदे उपलब्धि हासिल भएको बोर्डले जनाएको छ । प्रत्येक शुक्रवार मध्यपूर्वमा नेपाली फिल्म रिलिज गर्न बोर्डले आवश्यक प्राविधिक सहयोग गर्ने, निरन्तर ५० भन्दा बढी स्क्रिनमा फिल्म सेन्सर गरी औपचारिक रुपमा प्रदर्शन गर्न मध्यपूर्वस्थित नेपाली फिल्मको वितरक कम्पनी नेपफिल्म तयार रहेको र यसको लागि निर्माता र वितरकसँग नेपफिल्मलाई बोर्डले समन्वय गर्ने, फिल्मको इन्कोडिङ’को लागि बोर्डले नेपफिल्मलाई सहयोग गर्ने छन् ।
प्रदर्शन हुने नेपाली फिल्मका लागि बोर्डले प्रचार प्रसारमा सहयोग गर्ने, युएई सरकारको सम्बन्धित निकाय ‘मिडिया एण्ड फिल्म कमिशन’सँग नेपाली फिल्म रिलिजका साथै कला, संस्कृति प्रवद्र्धन गर्न सहकार्य गर्ने, मध्यपूर्वमा नेपाली फिल्म छायांकनका लागि आवश्यक औपचारिक अनुमति, डकुमेन्टेसन र सहजीकरणका लागि सहकार्य गर्ने तथा युएईका फिल्मकर्मीले नेपालमा फिल्म छायांकन गर्दा बोर्डले आवश्यक सहयोग गर्ने कुरालाई उपलिब्धको रुपमा दर्शाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै