इन्जिनियरमार्फत आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा आजदेखि बन्द गर्ने निर्णय

   फाल्गुन ९, २०७९  
203 Shares

काठमाडौं, ९ फागुन । उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाका अनुसार थाइ एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा मंगलवारदेखि बन्द गर्ने निर्णय भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड हयाण्डलिङ रद्ध गरेको छ । उनले भने, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले आज विगत लामो समयदेखि थाइ एयरलाइन्सले गर्दै आएको सेल्फ ग्राउण्ड ह्यान्डलिङको म्याद नथप्ने निर्णय गरेको छ ।
प्रवक्ता निरौलाका अनुसार अब सम्पूर्ण सेल्फ ग्राउण्ड हयाण्डलिङको काम नेपाल वायु सेवा कम्पनीले नै गर्ने छ । ‘अब ग्राउण्ड ह्याण्डलिङको सबै काम नेपाल वायुसेवा कम्पनीले नै गर्नेछ । सेवा रोकिँदैन,’ उनले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ एयरवेजले कोरियन, थाइ स्माइल, क्याथे प्यासिफिक, सिंगापुर लगायत विभिन्न वायुसेवालाई मर्मतसम्भारको सेवा दिँदै आएको थियो । प्राधिकरणका अनुसार थाइ एयरवेजले विमानस्थललाई बुझाउनुपर्ने वक्यौता एक करोड रुपैयाँ भन्दा बढी छ । बन्द भएको थाइ एयरवेजलाई चार वटा एयरलाइन्सका जहाजलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ तथा जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा दिँदा मुलुकको वार्षिक तीन अर्ब रुपैयाँ गुम्दै आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै