रौतहटमा थप २१ जना संक्रमित, कोरोना संक्रमणको दर उच्च

   १८ बैशाख २०७८, शनिबार १६:३०  

तराई टप संवाददाता
रौतहट, १८ वैशाख । रौतहट जिल्लामा कोरोना भाईरसको दोश्रो लहर तिव्र गतिमा बढ्दै गएको छ । गौर अस्पतालमा पिसिआर पद्धतीबाट परिक्षण गराउन जाने मध्ये ७५ प्रतिशत संक्रमित भईरहेका छन् ।
शनिवार गौर अस्पतालको पिसिआर ल्यावमा परिक्षण गराएको २८ जना मध्ये २१ जना कोरोना संक्रमित भएको पुष्टि गरिएका हुन् । वैशाखको १ गते देखि आज सम्म कोरोना संक्रमणको संख्या १४७ पुगेको छ भने एक जनाको मृत्यु भईसकेका छन् ।
आज गरिएको परिक्षणको रिपोर्ट अनुसार गौर नपामा ८, राजदेवीमा ३, गरुडामा २, बौधीमाईमा २, कटहरिया १, देवाही गोनाही, १ र चन्द्रपुरमा ४ गरी २१ जना संक्रमित भएको तथा ७ जनाको रिपोर्ट निगेटिभ आएको गौर अस्पतालको पिसिआर ल्यावबाट जानकारी प्राप्त भएको छ । कन्ट्रेक्ट ट्रेसिंगमा रहेका ७ जना मध्ये ५ जना कोरोना पोजेटिभ भएको गौर अस्पतालले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै