मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा सुरु

182 Shares

जनकपुरधाम, ९ फगुन । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा सुरु भएको छ ।
धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत सुरुवात हुने परम्परा हो ।
नेपाल र भारत गरी १ सय ३३ किलोमिटर लामो पैदल यात्रामा हजारौँ श्रद्धालु सहभागी भएको छ । परिक्रमामा सहभागी श्रद्धालुहरू सोमवार जनकपुरधाममा विश्राम गरेर (मंगलवार) आज बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन् ।
परिक्रमाको डोलालाई मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले काँध लगाएर विधिवत् सुरुवात गरेका थिए । मुख्यमन्त्री यादवले मिथिला मध्यमा परिक्रमाको डोलाको दर्शन गर्न पाउँदा आफूलाई आत्मीय आनन्दको अनुभूति भएको बताए । उनले आउने दिनमा मधेस सरकार मिथिला बिहारी क्षेत्रलाई मिथिला विहारी विकास परिषद् बनाएर विकास गर्नुका साथै परिक्रमा मार्गलाई सहज र सुविधायुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार