भन्सार छलेर ल्याएका चाँदीको गरगहना ७५ तोला बरामद

192 Shares

सप्तरी, ९ फागुन । सप्तरीको कल्याणपुर बजारबाट भन्सार छलेर ल्याएका चाँदीको गरगहनाहरू बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
झापाको शिवसतासी नगरपालिका वर्डा नं. ११ बस्ने ३१ वर्षीय कुमार तिरुवा विश्वकर्मालाई नियन्त्रणमा लिएको हो ।
उनको साथबाट पत्थरबिनाको बाला थान १६, ब्रासलेट ३ थान र चाँदीका टुक्राहरू गरी जम्मा तौल गर्दा ७५ तोला ८ आना बरामद गरेको प्रहरीले जानकारी दिएका छन् । प्रहरीले आवश्यक कारबाहीको लागी राजबिराज भन्सार कार्यालय तिलाठी सप्तरी पठाएको छ ।

सम्बन्धित समाचार