मुम्बईमा साँगितिक कार्यक्रमको वेला सोनु निगम माथि आक्रमण

   फाल्गुन ९, २०७९  
145 Shares

काठमाडौं, ९ फागुन । भारतीय गायक सोनु निगममाथि मुम्बईको एक सांगीतिक कार्यक्रममा आक्रमण भएको छ ।
गएराति मुम्बईको चेम्बुरमा आयोजित कन्सर्टमा सोनु र उनको टोलीमाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाए ।
सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको हो, जसमा सोनुको टोलीका एक व्यक्तिलाई स्टेजबाट तल धकेलिएको देख्न सकिन्छ । सोनुले प्रस्तुति दिइरहेको बेला शिव सेना पार्टीका एक विधायकले आक्रमण गरेको र उनका अंगरक्षकलाई सिंढीबाट तल धकेलेको समाचारमा जनाइएको छ ।
घटनाबारे उजुरी दिन सोनु प्रहरी कार्यालयमा पुगेका थिए । त्यसपछि उनी मुम्बई विमानस्थलबाट दिल्ली आएको बताइएको छ ।
बलिउड हंगामाले भने आक्रमणपछि चोटपटक लागेकाले सोनुलाई अस्पताल पु¥याइएको जनाएको छ । ती विधायकका छोराको सोनुसँग सेल्फी खिच्ने इच्छा पूरा हुन नपाएपछि स्टेजमा आक्रमण गरेको खबरमा उल्लेख छ । सुरक्षा गार्डले स्थितिलाई नियन्त्रणमा ल्याउन प्रयास गर्दा अन्य केही घाइते भएका छन् ।
घटनाका विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै