सरकारले दूधको मूल्य बढाउने तयारी

219 Shares

काठमाडौं, ९ फागुन । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीको कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।
फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रपितवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए पनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।
ब्याजदर इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यको कारण किसानहरु नोक्सानीमा गएको देखियो बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीले भने किसान बचचाउनका लागि १० रुपैयाँसम्म मूल्य बढाउनु पर्ने देखियो ।
चौधरीका अनुसार किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो । जस अनुसार मूल्य बढाउनै पर्ने देखिएको उनले बताए ।
बोर्डले गत २ फागुनमा मूल्य बढाउने बारेको अध्ययन प्रतिवेदन मन्त्रालयका सचिवलाई बुझाएको थियो । मूल्य बढ्न प्रतिवेदन बारे मन्त्रालयले थप छलफल गरेर मन्त्रि परिषद्मा मूल्य सिफारिस गर्नेछ । सरकारले मूल्य बढाउनेबारे निर्णय लिनु पर्छ ।

सम्बन्धित समाचार